Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

प्रचण्ड, देउवा र ओलीबीच बालुवाटारमा भेटवार्ता

प्रचण्ड, देउवा र ओलीबीच बालुवाटारमा भेटवार्ता

  • आइतवार, बैशाख ३१ २०८०

  • 804
    SHARES

  • प्रचण्ड, देउवा र ओलीबीच बालुवाटारमा भेटवार्ता
    काठमाडौं । प्रमुख तीन  दलका शीर्ष नेताहरूबीच बालुवाटारमा भेटवार्ता जारी छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री  तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भइरहेको हो। 
     
    प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भइरहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।नक्कली भुटानी शरणार्थी प्रकरणमा नेताहरू समेत तानिन थालेपछि शीर्ष नेताहरूले भेटवार्ता बढाएका छन्। यसैगरी संसदीय समिति गठनमा समेत सहमति जुट्न सकेको छैन। 
     
    प्रधानन्यायाधीश सिफारिस गरिसके पनि सुनुवाइ समिति गठन हुन नसक्दा नियुक्तिमा ढिलाइ भइरहेको छ।
     
     
     


    आइतवार, बैशाख ३१ २०८०१०:५५:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij