Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

आज ३७ जना कोरोना संक्रमित थपिए

आज ३७ जना कोरोना संक्रमित थपिए

  • शनिवार, बैशाख ३० २०८०

  • 444
    SHARES

  • आज ३७ जना कोरोना संक्रमित थपिए

    काठमाडौं। देशभर थप ३७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। २ हजार ४१४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ११ तथा एन्टीजेन विधिबाट २६ जनामा संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १४ जना संक्रमित निको पनि भएका छन्। योसँगै देशभर सक्रिय संक्रमितको संख्या १२६ पुगेको छ। यो पीसीआरबाट संक्रमण पुष्टि भएको संख्या मात्र हो।

    सक्रिय संक्रमित मध्ये १० जना संस्थागत आईसोलेसन, १ जना आईसीयू तथा १ जना भेन्टिलेटरमा उपचाररत छन् । महामारी सुरु भए यता देशमा १२ हजार ३१ जनाले ज्यान गुमाइसकेका छन् ।


    शनिवार, बैशाख ३० २०८००३:४३:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij