काठमाडौं । सञ्चारकर्मी ईश्वरी बराल र राजेन्द्र भट्टको 'नरिसाउन होइ' सार्बजनिक भएको छ ।
सुरज गैह्रे विवसको शब्द तथा गायक राजेन्द्र स्वयमको संगीत रहेको गीत भिडियोसहित सार्वजनिक भएको हो । उक्त गीत अहिले युट्युव ट्रेन्डिङको ८ नम्बरमा रहेको छ ।
सञ्चारकर्मी समेत रहेकी बरालको यसअघि 'हरेक रात सपनीमा', 'लभ पर्न सक्छ' लगायतका गीत चर्चामा रहेका छन् । गीतले सार्बजनिक भएको छोटो समयमै लोकप्रियता कमाएको छ ।
गीतमा नायक तथा मोडल पल शाह, नायिका बर्षा शिवाकोटी, सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको छ । म्युजिक भिडियोलाई सान थापाले निर्देशन गरेका हुन् भने अर्जुन तिवारीले खिचेका हुन् ।