Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

परियोजनाहरूलाई नाफामुखी बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित : अर्थमन्त्री महत

परियोजनाहरूलाई नाफामुखी बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित : अर्थमन्त्री महत

  • शुक्रवार, बैशाख २९ २०८०

  • 506
    SHARES

  • परियोजनाहरूलाई नाफामुखी बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित : अर्थमन्त्री महत

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले परियोजनाहरूलाई नाफामुखी बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित रहेको बताउनुभएको छ ।

    आज काठमाडौंमा आयोजित लगानी बोर्डको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले परियोजनाहरूलाई नाफामुखी बनाउँदा निजी र विकास क्षेत्रलाई सामेल गर्ने अवसर मिल्ने बताउनुभयो ।

    प्रतिफलको आन्तरिक दर र परियोजनामा लगानी गरिए जोखिम सम्पतीको प्रतिफल लगायतमा छलफल चलाउन जरुरी रहेको उहाँले बताउनुभयो । उहाँले देशलाई राष्ट्रिय गौरव र रणनीतिक परियोजनाहरू सञ्चालन गर्न सक्षम बनाउने अवसरहरू सिर्जना गर्न आवश्यक रहेको बताउनुभयो ।

    अर्थमन्त्री महतले स्रोत बाँडफाँडको प्रक्रिया राष्ट्रिय स्वामित्वको हुनुपर्ने र राष्ट्रिय संस्थाहरूलाई कमजोर पार्नु नहुने उल्लेख गर्नुभयो। उहाँले पर्यटन, जलविद्युत, कृषि व्यवसाय र आइटी लगायतका क्षेत्रबाट नेपालले तुलनात्मक रूपमा लाभ लिन सकिने बताउनुभयो।

    पर्यटन, जलविद्युत, कृषि व्यवसाय र आइटी क्षेत्रमा लगानी बिस्तार गर्न सरकार अनुकूल वातावरण र आकर्षक दर सुनिश्चित गर्न तयार रहेको उहाँले बताउनुभयो । आगामी दिनमा सम्भाव्य वित्तीय साधनको विकास गर्न निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको उहाँको भनाइ थियो ।

    त्यस अवसरमा मन्त्री महतले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी दक्षिण एसियामा प्रवाहित कोषको ० दशमलव ३ प्रतिशत मात्र रहेको उल्लेख गर्नुभयो ।


    शुक्रवार, बैशाख २९ २०८००२:५४:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij