Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

रविसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले भने– भ्रष्टाचारीलाई छाड्दिन

रविसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले भने– भ्रष्टाचारीलाई छाड्दिन

  • शुक्रवार, बैशाख २९ २०८०

  • 652
    SHARES

  • रविसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले भने– भ्रष्टाचारीलाई छाड्दिन
    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच  समसामयिक तथा राजनीतिक विषयमा छलफल भएको छ ।
     
    आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुग्नुभएका रास्वपा सभापति लामिछानेले भ्रष्टाचारविरुद्ध सरकारले राम्रो काम गरेको भन्दै प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद दिनुभएको छ ।
     
    भ्रष्टाचारविरुद्ध हुने काममा आफू र आफ्नो पार्टीको साथ र समर्थन रहने लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराउनुभएको छ। 
     
    नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले भिआइपीलाई पक्राउ गर्ने आँट गर्नु सकारात्मक रहेको भन्दै लामिछानेले आफ्नो पार्टी भ्रष्टाचारविरुद्ध सडकमा उत्रिने जानकारी गराउनुभएको थियो । 
     
    जवाफमा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारीलाई कारबाही गर्ने विषयमा निर्मम भएर लाग्ने बताउनुभएको छ।
     
    रास्वपाले हालैमात्रै सरकारलाई समर्थन फिर्ता लिएको थियो । सो पार्टीले रचनात्मक प्रतिपक्षमा बसेर भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने बताउँदै आएको छ ।
     


    शुक्रवार, बैशाख २९ २०८०११:४७:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij