Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

नागरिकता विधेयक अड्किँदा संवैधानिक जटिलता उत्पन्न भयो, राष्ट्रपति चुप लागेर बस्न पाउनुहुन्न : कानुनविद्

नागरिकता विधेयक अड्किँदा संवैधानिक जटिलता उत्पन्न भयो, राष्ट्रपति चुप लागेर बस्न पाउनुहुन्न : कानुनविद्

  • शुक्रवार, बैशाख २९ २०८०

  • 1.3K
    SHARES

  • नागरिकता विधेयक अड्किँदा संवैधानिक जटिलता उत्पन्न भयो, राष्ट्रपति चुप लागेर बस्न पाउनुहुन्न : कानुनविद्
    काठमाडौं । राष्ट्रपति कार्यालयमा नागरिकता विधेयक अड्किँदा संवैधानिक जटिलता उत्पन्न भएको कानुनविद् रुद्र शर्माले बताउनुभएको छ ।
     
    नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’मा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उहाँले संसद्ले पास गरेर पठाएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरे पनि हुने नगरे पनि हुने भयो भने भोलि संसद्कै हैसियत के हुन्छ भन्दै प्रश्न गर्नुभएको छ । राष्ट्रपतिले आफ्नो इच्छाअनुसार संसद्लाई चलाउन नमिल्ने बताउँदै उहाँले भन्नुभयो,मुलुकमा रहेको संवैधानिक संकट कुनै न कुनै रुपमा पार लगाउनु पर्छ । यसमा राष्ट्रपति चुप लागेर बस्न पाउनुहुन्न,।’ 
     
    नागरिकता विधेयकमा विषयवस्तुभन्दा प्रक्रिया महत्त्वपूर्ण रहेको उहाँले औंल्याउनुभयो । उहाँले नागरिकता विधेयकले के कस्ता विषयवस्तु समेटेको छ भन्दा पनि संसदीय प्रक्रिया महत्त्वपूर्ण रहेको पनि बताउनुभएको छ ।
     


    शुक्रवार, बैशाख २९ २०८०१०:२१:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij