Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

  • मंगलवार, बैशाख २६ २०८०

  • 695
    SHARES

  • पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

    एजेन्सी। पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं तेहरिक-ए-इन्साफ (पीटीआई) प्रमुख इमरान खान पक्राउ परेका छन् ।उनलाई इस्लामावाद उच्च अदालत अगाडि गिरफ्तार गरिएको पाकिस्तानी समाचार संस्था डनले जनाएको छ ।

    तेहरिक-ए-इन्साफका वकिल फैसल चौधरीले पूर्वप्रधानमन्त्री खानलाई गिरफ्तार गरिएको पुष्टि गरेका हुन् ।

    पीटीआईका उपप्रमुख फवाद चौधरीले एक ट्विट गर्दै रेन्जर्सले खानलाई उच्च अदालत अगाडि गिरफ्तार गरेको जनाएका छन् । ‘इमरान खानको गाडी घेरिएको छ‚’ उनले ट्विटरमा लेखेका छन् । उनलाई कुन मुद्दामा पक्राउ गरिएको भन्नेबारे अझै स्पष्ट हुन सकेको छैन ।


    मंगलवार, बैशाख २६ २०८००३:४२:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij