Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

तोसिमाको प्रश्न : भ्रष्टाचारको कुरा उठाउँदा कसरी महिला हिंसा हुन्छ ?

तोसिमाको प्रश्न : भ्रष्टाचारको कुरा उठाउँदा कसरी महिला हिंसा हुन्छ ?

  • मंगलवार, बैशाख २६ २०८०

  • 582
    SHARES

  • तोसिमाको प्रश्न : भ्रष्टाचारको कुरा उठाउँदा कसरी महिला हिंसा हुन्छ ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई जोगाउन ठूला दलहरु लागेको आरोप लगाउनु भएको छ।

    आज प्रतिनिधिसभाको शून्य समयमा उहाँले नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी गर्दासमेत जोगाउन खोजिएको जिकिर गर्नुभयो ।

    सांसदहरुले संघीय संसद सचिवालयमा आफ्नो सम्पत्ति विवरण बुझाएको उल्लेख गर्दै उनले वेबसाइट मार्फत सार्वजनिक गर्न समेत माग गर्नुभएको छ। सम्पत्ति कर तिरे नतिरेको विवरण पनि सार्वजनिक गर्नुपर्ने उहाँको भनाइ छ ।

    केही दिन अगाडि प्रतिनिधिसभाकै बैठकमा नेपाली कांग्रेसकी सांसद आरजु राणाले पनि सबै सांसदको सम्पत्ति विवरण सार्वजनिक गर्न चुनौती दिनुभएको थियो । आफूमाथि समेत प्रश्न उठेको भन्दै उहाँले आफूले गल्ती नगरेको र नडराउने बताउनु भएको थियो।

    नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने ठगी प्रकरणको अनुसन्धान माग गर्दा महिला हिंसा भएको राणाको गुनासोतर्फ संकेत गर्दै डा. कार्कीले भ्रष्टाचारमा कहाँ लिंग जोडिएको हुन्छ भनी प्रश्न गर्नुभएको छ।


    मंगलवार, बैशाख २६ २०८००१:४९:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij