Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

यस्तो रहने छ आज देशभरको मौसम

यस्तो रहने छ आज देशभरको मौसम

  • शुक्रवार, बैशाख २२ २०८०

  • 756
    SHARES

  • यस्तो रहने छ आज देशभरको मौसम
    काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभरको मौसममा सामान्य बदली रहेको छ । 
     
    आज कोशी प्रदेश र बागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू—भागमा आंशिक देखि सामान्य बदली रहने छ। कोशी र बागमती प्रदेशका पहाडी भू—भागका थोरै स्थानहरूमा र अन्य प्रदेशका पहाडी भूभागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
     
    आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भू—भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। यो क्रम शनिबार पनि कायमै रहने महाशाखाले जनाएको छ । 
     


    शुक्रवार, बैशाख २२ २०८००६:३१:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij