Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

गण्डकीका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत

गण्डकीका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत

  • बिहिवार, बैशाख २१ २०८०

  • 562
    SHARES

  • गण्डकीका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत
    काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाउनुभएको छ । बिहीबार(आज) प्रदेशसभाको बैठकमा उहाँले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो ।
     
    प्रदेशसभामा सो प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा प्रस्तावको पक्षमा ३५ र विपक्षमा २२ मत परेको सभामुख कृष्णप्रसाद धितालले जनाउनुभयो।
     
    मतदान प्रक्रिया सुरु हुँदा प्रदेशसभा बैठकमा ५९ सांसद उपस्थित थिए । मतदानका क्रममा दुई जना भने तटस्थ रहेका थिए ।
     
    मुख्यमन्त्री पाण्डे वैशाख १४ गते नियुक्त हुनुभएका थियो । उहाँले वैशाख १५ गते पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार आज मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिनुभएको हो।


    बिहिवार, बैशाख २१ २०८००४:५४:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij