Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

कीर्तिमानी पर्वतारोही शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

कीर्तिमानी पर्वतारोही शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

  • बुधवार, आश्विन ७ २०७७

  • 393
    SHARES

  • कीर्तिमानी पर्वतारोही शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

    काठमाडौं । कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । आज बिहान काठमाडौंको टेकु दोभानमा बौद्ध परम्पराअनुसार उहाँको अन्त्येष्टि गरिएको हो ।

    शेर्पाको पार्थिव शरीरमा पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गर्नुभएको थियो ।

    त्यस्तै, सशस्त्र प्रहरीको एक टुकडीले शेर्पाप्रति सलामी अर्पण गरेको थियो । सगरमाथा शिखर आरोहणमा आफ्नो जीवनकालमै किंवदन्तिझैं बनेका आरोही शेर्पाको सोमबार ७२ वर्षको उमेरमा काठमाडौंमा निधन भएको थियो ।

    बोतलको अक्सिजनबिना १० पटक सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेका शेर्पाको बिहान १० बजे कपनस्थित छोरी डोमाको घरमा निधन भएको हो ।

     


    बुधवार, आश्विन ७ २०७७०७:३४:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij