Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति भेट्न प्रधानमन्त्री प्रचण्ड शीतलनिवासमा

राष्ट्रपति भेट्न प्रधानमन्त्री प्रचण्ड शीतलनिवासमा

  • बिहिवार, बैशाख २१ २०८०

  • 727
    SHARES

  • राष्ट्रपति भेट्न प्रधानमन्त्री प्रचण्ड शीतलनिवासमा

    काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शितल निवास पुग्नु भएको छ । भारतबाट उपचार गरेर फर्किनु भएका राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री प्रचण्ड पहिलो पटक शीतल निवास पुग्नु भएको हो ।

    नवनियुक्त मन्त्रीको शपथअघि शीतल निवास पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिदैँ समसामयीक विषयमा छलफल गर्नुभएको छ ।

    राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राष्ट्रपति प्रधानमन्त्रीको भेटवार्ता भएको पुष्टी गर्दै भन्नुभयो, ‘प्रधानमन्त्रीज्यू राष्ट्रपतिज्यूको स्वास्थ्य अवस्था बुझ्न आउनु भएको थियो।’

    आज दिउँसो तीन बजेट कांग्रेसबाट मन्त्री बनेका धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बुले पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम छ ।


    बिहिवार, बैशाख २१ २०८००२:४७:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij