Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

पहिलो राष्ट्रिय आयुर्वेद अचिभमेन्ट अवार्ड डा. भूसाललाई

पहिलो राष्ट्रिय आयुर्वेद अचिभमेन्ट अवार्ड डा. भूसाललाई

  • मंगलवार, बैशाख १९ २०८०

  • 588
    SHARES

  • पहिलो राष्ट्रिय आयुर्वेद अचिभमेन्ट अवार्ड डा. भूसाललाई

    काठमाडौँ। आयुर्वेद मेडिकल डेभलपमेन्ट रिसर्च फाउन्डेसनले पहिलो पटक राष्ट्रिय आयुर्वेद अचिभमेन्ट अवार्ड डा. निर्मल भूसाललाई प्रदान गरेको छ ।

    काठमाडौमा आयोजना गरिएको समारोहमा उपराष्ट्रपति रामसहाय यादव र काठमाडौं महानगरपालिकाका प्रमुख बलेन्द्र शाहले डा. भूसाललाई सम्मान गर्नु भएको हो । आयुर्वेदका लागि जीवनभर योगदान दिनु भएका डा.राम वृक्ष साहुलाई कश्यप सम्मान, डा. रामनारायण शाहलाई चरक सम्मान र डा. ऋषिराम कोइरालालाई धन्वन्तरी सम्मान प्रदान गरिएको छ ।

    कार्यक्रममा डा. ओममूर्ति अनिललाई स्वास्थ्य सेवामा उत्कृष्ट अन्तरक्षेत्रीय योगदानको अवार्ड, प्रा. वैद्य कतार सिंह धिमानलाई अन्तर्राष्ट्रिय आयुर्वेद व्यक्तित्व सम्मान र प्रा. डा. देवबहादुर रोकालाई सर्वोत्कृष्ट आयुर्वेद क्लिनिकल अवार्ड प्रदान गरिएको छ ।

    आयुर्वेद क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरूलाई परिचित र उत्प्रेरित गराउने उद्धेश्यले सम्मान गरिएको फाउन्डेसनका अध्यक्ष डा. विजेन्द्र शाहले जानकारी दिए ।


    मंगलवार, बैशाख १९ २०८००८:२६:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij