Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

अफगानिस्तानमा मारिए २५ आतंककारी !

अफगानिस्तानमा मारिए २५ आतंककारी !

  • बुधवार, आश्विन ७ २०७७

  • 1.1K
    SHARES

  • अफगानिस्तानमा मारिए २५ आतंककारी !

    एजेन्सी । अफगानिस्तानको पूर्वी लोगार प्रान्तमा प्रहरी कारबाहीमा २५ जना आतंककारीको मृत्यु भएको अफगानी प्रहरीले जनाएको छ । पछिल्लो २४ घण्टामा प्रहरीसँगको भिडन्तमा अरु १८ जना पनि घाइते भएका छन् ।

    हतियारधारी समूहले बाराकी बाराक जिल्लाको प्रहरी जाँच चौकीमा आक्रमण गरेपछि आफूहरुले जवाफी कारबाही गरेको प्रहरी अधिकारीहरुको भनाइ छ ।

    प्रहरीले विद्रोहीबाट हातहतियार पनि बरामद गरेको प्रान्तीय प्रहरी प्रवक्ता शापूर अहमदजाईले बताएका छन् । अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबानले भने उक्त घटनाबारे कुनै प्रतिक्रिया दिएको छैन ।


    बुधवार, आश्विन ७ २०७७०३:१९:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij