Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

किन लाग्यो चिनियाँ दूतावास अगाडि ‘ब्याक अफ चाइना’को नारा ?

किन लाग्यो चिनियाँ दूतावास अगाडि ‘ब्याक अफ चाइना’को नारा ?

  • बुधवार, आश्विन ७ २०७७

  • 961
    SHARES

  • किन लाग्यो चिनियाँ दूतावास अगाडि ‘ब्याक अफ चाइना’को नारा ?

    काठमाडौं । चीनले हुम्लामा सीमा अतिक्रमण गरेको भन्दै काठमाडौंको बालुवाटारस्थित चिनियाँ दूतावास अगाडि प्रदर्शन भएको छ ।

    प्रदर्शनकारीहरुले सीमा अतिक्रमण बन्द गर्नुपर्ने, मिचिएको भूमि फिर्ता गर्नुपर्ने, पुरानो सन्धि लागू हुनपर्ने माग गर्दै प्रदर्शन गरेका छन् ।

    युवाहरुको समूहले ‘ब्याक अफ चाइना’ लेखिएका ब्यानरसहित प्रदर्शन गरेका छन् । उनीहरुलाई प्रहरीले दूतावासबाट तितरबितर पारेको छ ।

    हुम्लाको नाम्खा गाउँपालिका–६, लिमीको लाप्चा बगर क्षेत्रमा चीनले नेपाली भूमी मिचेर ९ वटा भवन निर्माण गरेको स्थानीयले बताएका छन् ।
    हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको टोलीले उक्त क्षेत्रको निरीक्षण गरेको छ ।तर चिनियाँ पक्षले भने भवन निर्माण भएको भूमि आफ्नै भएको दाबी गरेको छ ।

     


    बुधवार, आश्विन ७ २०७७०२:२२:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij