Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सत्तासीन पार्टीका नेताहरुले उद्योग बेचेर खाए : ओली

सत्तासीन पार्टीका नेताहरुले उद्योग बेचेर खाए : ओली

  • सोमवार, बैशाख १८ २०८०

  • 530
    SHARES

  • सत्तासीन पार्टीका नेताहरुले उद्योग बेचेर खाए : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तासीन पार्टीका नेताहरूले हिजो कमिसनका लागि देशका ठुलठुला उद्योगहरू बेचेर खाएको भन्दै अहिले पनि त्यो क्रम नरोकिएको बताउनुभएको छ।

    १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल टे«ड युनियन महासंघ (जिफन्ट)ले सोमबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निजीकरणका नाममा नेपालका ठुला उद्योग बेचिएको र अहिले पनि त्यो क्रम जारी रहेको बताउनुभएको हो ।

    ‘हिजो जति पनि ठुला उद्योगहरू थिए, ती बन्द गरिएका छन्, निजीकरण मात्र होइन तर बेचिएका छन्’, ओलीले नेपाली कांग्रेसप्रति सङ्केत गर्दै भन्नुभयो ‘कमिसनका लागि हिजो ठुलठुला उद्योग कौडीको भाउमा बेच्ने काम भयो र अहिले पनि बेच्ने काम हुन लागेका छन्, त्यसलाई रोक्नुपर्छ ।’

    अध्यक्ष ओलीले सत्तासीन पार्टीले बाँसबारी छालाजुत्ता कारखाना किन चाहियो ? बन्द भएको ठिक छ भनेर अभिव्यक्ति दिने गरेको समेत बताउनुभयो ।

    अध्यक्ष ओलीले लोकतन्त्र विरोधी केही तत्वहरु सक्रिय भएर सलबलाएको समेत बताउनुभयो ।


    सोमवार, बैशाख १८ २०८००२:४६:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij