काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी उपचारपछि स्वदेश फर्किनुभएको छ ।
गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक हुदाँ आगालागीमा परी गम्भीर घाइते भण्डारी झन्डै तीन महिनाको स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्किनुभएको हो ।
उहाँ आज दिउँसो २ः५५ बजेको नेपाल वायुसेवा निगमको विमानमार्फत नेपाल फर्किनुभएको हो । नेपाली कांग्रेसका नेतासमेत रहेका प्रतिनिधिसभा सदस्य भण्डारी झन्डै तीन महिनादेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत हुनुहुन्थ्यो ।
उहाँका अनुसार भण्डारीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको जनाईएको छ । पछिल्लो समयमा भण्डारी बोल्ने र हिँड्न सक्ने हुनुभएको छ ।
सो आगलागीमा परी सांसद भण्डारी र उहाँकी आमा हरिकला भण्डारी गम्भीर घाइते हुनुभएको थियो ।
आमा हरिकलाको भने उपचारका क्रममा गत फागुन ४ गते निधन भएको थियो । उहाँले पत्रकार सम्मेलनमा कुरा गर्दै आमा नभएको आफूलाई अहिले भर्खरै मात्रै थाहा भएको बताउनुभएको छ ।
