Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

लडाकुलाई २ लाख बाँड्ने सरकार महावीरलाई किन वेवास्ता गर्दैछ ?

लडाकुलाई २ लाख बाँड्ने सरकार महावीरलाई किन वेवास्ता गर्दैछ ?

  • आइतवार, बैशाख १७ २०८०

  • 689
    SHARES

  • लडाकुलाई २ लाख बाँड्ने सरकार महावीरलाई किन वेवास्ता गर्दैछ ?

    काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको आन्दोलनलाई राप्रपाले ऐक्यबद्धता जनाएको छ।

    राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले माइतीघर पुगेर पुनको आन्दोलनमा समर्थन जनाउनुभएको हो । यो व्यक्ति र क्षेत्रको कुरा नभएर अनुसन्धान, नवप्रवर्धन र आविष्कार प्रवर्द्धनको विषयमा सरकार गम्भीर बन्नुपर्ने अध्यक्ष लिङ्देनले बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘उहाँहरूले उठाएको कुरामा सरकारले सम्बोधन गर्नुपर्छ। तर, उहाँ जस्तो मान्छे सडकमा आएर धर्ना बस्न बाध्य बनाएको छ। सरकारले माग पुरा नगरेसम्म हाम्रो साथ रहन्छ। यो कुनै तर्कबाट टाल्नुपर्ने होइन।’

    लिङ्देनले प्रधानमन्त्रीले आएर पुनसँग तत्काल सम्झौता गर्नुपर्ने बताउनुभयो । संसदबाट कानुन बनाएर भए पुनको माग सम्बोधन गर्नुपर्ने उहाँको भनाइ छ।

    ‘पूर्व लडाकु र स्वास्थ्य उपचारको लागि करोडौँ पैसा बाँड्न सक्नेले आविष्कारको लागि किन खर्च गर्न सक्दैन’ उहाँले प्रश्न गर्नुभयो ।

    पुनको आन्दोलनलाई समर्थन गर्न डा. गोविन्द केसी लगायत पनि माइतीघर पुगेका छन् ।


    आइतवार, बैशाख १७ २०८०१२:५१:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij