Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

सरकारलाई दिएको समर्थनबारे छलफल गर्न रास्वपाको बैठक, यस्तो छ तयारी...

सरकारलाई दिएको समर्थनबारे छलफल गर्न रास्वपाको बैठक, यस्तो छ तयारी...

  • आइतवार, बैशाख १७ २०८०

  • 787
    SHARES

  • सरकारलाई दिएको समर्थनबारे छलफल गर्न रास्वपाको बैठक, यस्तो छ तयारी...

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ ।

    उपनिर्वाचनबाट सभापति रवि लामिछाने र स्वर्णिम वाग्ले निर्वाचित भएपछि रास्वपाले संसदीय दलको बैठक बोलाएको हो ।

    सोमबार दिउँसो तीन बजे बस्ने बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने–नलिने र दलको नेता चयनका विषयमा छलफल हुने रास्वपाले जनाएको छ ।

    संसदीय दलको बैठकको पूर्वसन्ध्यामा सभापति लामिछानेले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।

    रास्वपाको केन्द्रीय समिति बैठक पनि सोमबार बस्दैछ । बिहान ११ बजे केन्द्रीय समिति बैठकको समय तय भएको छ ।


    आइतवार, बैशाख १७ २०८०१२:१०:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij