Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

वामदेवलाई मन्त्री बनाउन मिल्ने-नमिल्नेबारे आज अदालतमा बहस हुँदै

वामदेवलाई मन्त्री बनाउन मिल्ने-नमिल्नेबारे आज अदालतमा बहस हुँदै

  • बुधवार, आश्विन ७ २०७७

  • 916
    SHARES

  • वामदेवलाई मन्त्री बनाउन मिल्ने-नमिल्नेबारे आज अदालतमा बहस हुँदै

    काठमाडौं । नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभाको सदस्य बनाएको  र मन्त्री बनाउन लागिएको विरुद्धमा परेको मुद्धामा आज सुनुवाई हुने भएको छ ।

    गौतमलाई मन्त्री बनाउन नमिल्ने दावी सहित मन्त्री नबनाउन आदेश दिन माग गर्दै बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दिनुभएको रिटमा आज सुनुवाई हुने भएको हो ।

    सर्वोच्च अदालतमा केही दिन अगाडि दायर भएको रिटमा गौतमलाई मन्त्री नबनाउनु तथा सांसदको रुपमा कार्य समेत नगराउन माग गरिएको छ ।

    नेपालको संविधानको धारा ७८ ले संघीय संसदको सदस्य नभएको व्यक्ति मन्त्री हुने व्यवस्थाको उपधारा ४ मा तत्काल कायम रहेको प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधि सभाको कार्यकालमा उपधारा १ बमोजिम मन्त्री पदमा नियुक्तिका लागि योग्य हुने छैन भनेको छ । यसैका आधारमा पनि गौतम सरकारमा जान नमिल्ने उहाँको जिकिर छ ।

    आम नागरिक र नेकपाका नेता तथा कार्यकर्ताहरुका बीचमा पनि पनि गौतमलाई मन्त्री बनाउन मिल्ने की नमिल्ने भन्ने बारेमा मतमतान्तर रहेको छ ।

     


    बुधवार, आश्विन ७ २०७७०८:३९:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij