Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठको पद रिक्त

रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठको पद रिक्त

  • मंगलवार, बैशाख १२ २०८०

  • 444
    SHARES

  • रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठको पद रिक्त

    काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकमा सांसद ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको जानकारी गराउनुभएको छ ।

    मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले पार्टीको साधारण सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ को उपदफा १ बमोजिम संघीय संसद् सचिवालयमा सूचना दिएको जानकारी गराउनुभयो ।

    सोही ऐनको दफा ३५ बमोजिम सभालाई जानकारी गराउनुभएको हो । सोही ऐनको दफा ३६ बमोजिम प्रतिनिधि सभाको उक्त स्थान रिक्त रहेको जानकारी गराउनुभयो ।

    सभामुखले सदनमा ढाकाकुमार श्रेष्ठको स्थान रिक्त भएको जानकारी गराएसँगै अव अर्को समानुपातिक उम्मेदवार निर्वाचित गर्न रास्वपालाई बाटो खुलेको छ ।

    मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग २ करोड मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई गत चैत ३० गते पार्टीको साधारण सदस्यबाट निष्कासन गरेको थियो ।


    मंगलवार, बैशाख १२ २०८००४:१६:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij