काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले १५ हजार मत कटाउनुभएको छ । उहाँले आफ्नो अग्रता थप बढाउदै लग्नुभएको छ ।
झण्डै ३० हजार मत गणना हुँदा वाग्लेले १५ हजार १ सय ३५ मत प्राप्त गर्दै अग्र स्थानमा रहनुभएको छ ।
उहाँका निकट्तम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई ८ हजार ७ सय ३४ मतका साथ उहाँलाई पछ्याईरहनुभएको छ ।
तेस्रो स्थानमा रहेका एमाले एम्मेदवार सर्बेन्द्र खनालले ५ हजार मत प्राप्त गर्नुभएको छ ।