Nov 16 2026 | २०८३, मंसिर १ गते

२०८३, मंसिर १ गते
  • यो साता चर्चामा :
images

टेलिकमको तार चोरी आरोपमा ४ जना पक्राउ

टेलिकमको तार चोरी आरोपमा ४ जना पक्राउ

  • मंगलवार, आश्विन ६ २०७७

  • 1.1K
    SHARES

  • टेलिकमको तार चोरी आरोपमा ४ जना पक्राउ

    मोरङ । नेपाल टेलिकमको तार चोरी गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ६ का २१ वर्षीय विजय सहनी, वर्ष १८ का राज सहनी, वर्ष २१ का रबिन सहनी र वर्ष १९ का सुमित सहनी रहेको जिल्ला प्रहरी मोरङका प्रवक्ता, प्रहरी नायव उपरीक्षक मान बहादुर राईले जानकारी दिए ।

    उनीहरुलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलीले मंगलबार राति ८ बजेतिर चेकजाँचका क्रममा विराटनगर- ४ जमानुगाछीबाट पक्राउ गरेको हो ।

    उनीहरूको साथबाट प्रहरीले टेलिकमको १५० पेयर,  २२० मिटर केवल तार र को९प ४१५८ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

    पक्राउ परेका चारै जनालाई चोरी ऐन अन्तर्गत मुद्दा चलाउने तयारी भएको राईले बताएका छन् ।

     


    मंगलवार, आश्विन ६ २०७७०६:३०:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij