Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

  • सोमवार, बैशाख ११ २०८०

  • 559
    SHARES

  • आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
    काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ। यसअघि आइतबार तोलामा ९०० रुपैयाँ घटेको सुनको मूल्य सोमबार(आज) पनि प्रतितोला २०० रुपैयाँ घटेको हो।
     
    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार १०० रुपैयाँ कायम गरिएको छ । यस्तै तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि हिजो छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
     
    त्यसैगरी, आज चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १४ सय ४० रुपैयाँमा कारोबार भएको थियो।


    सोमवार, बैशाख ११ २०८०११:३९:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij