Nov 19 2026 | २०८३, मंसिर ४ गते

२०८३, मंसिर ४ गते
  • यो साता चर्चामा :
images

चितवन २ मा मतपेटिका संकलन जारी, मतगणनास्थलमा सीसी क्यामेरा जडान

चितवन २ मा मतपेटिका संकलन जारी, मतगणनास्थलमा सीसी क्यामेरा जडान

  • आइतवार, बैशाख १० २०८०

  • 300
    SHARES

  • चितवन २ मा मतपेटिका संकलन जारी, मतगणनास्थलमा सीसी क्यामेरा जडान

    काठमाडौं । चितवन–२ मा मतदान सम्पन्न भएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनाको सम्पूर्ण तयारी पुरा गरेको छ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार चितवन २ को मतगणना उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने छ। मतगणनाका लागि आवश्यक सबै तयारी भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

    कार्यालयका अनुसार मतगणनास्थलमा तारजाली र सीसीटीभी जडान पनि गरिएको छ। निर्वाचन आयोगले मंगलबारसम्म नजिता सार्वजनिक गर्ने लक्ष्य लिएकोले निर्वाचन कार्यालयले पनि त्यही अनुसारको तयारी गरेको छ।

    मतगणना आज रातिदेखि नै सुरु गर्ने तयारीमा निर्वाचन कार्यालय रहेको सहायक मतदान अधिकृत ईश्वर आचार्यले बताउनुभयो। राति ९ बजेसम्म मतपेटिका संकलन गरिने र त्यसपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु हुने उहाँले बताउनुभयो।

     


    आइतवार, बैशाख १० २०८००८:२२:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij