Nov 17 2026 | २०८३, मंसिर २ गते

२०८३, मंसिर २ गते
  • यो साता चर्चामा :
images

जनगणना २०७८ को  नगरपालिका तथा गाउँपालिकास्तरको नतिजा सार्वजनिक 

जनगणना २०७८ को  नगरपालिका तथा गाउँपालिकास्तरको नतिजा सार्वजनिक 

  • आइतवार, बैशाख १० २०८०

  • 5.9K
    SHARES

  • जनगणना २०७८ को  नगरपालिका तथा गाउँपालिकास्तरको नतिजा सार्वजनिक 
    काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को  नगरपालिका तथा गाउँपालिकास्तरको नतिजा सार्वजनिक भएको छ । जनगणना २०७८ अनुसार नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जसमा महिलाको संख्या एक करोड ४९ लाख ११ हजार २७ अर्थात् ५१.०२ प्रतिशत छ भने पुरुषको संख्या एक करोड ४२ लाख ५३ हजार ५५१ अर्थात् ४८.९८ प्रतिशत छ ।
     
    आइतबार सार्वजनिक  नगरपालिका तथा गाउँपालिकास्तरको नतिजामा  नगरपालिकाहरूमा बस्ने जनसंख्या एक करोड ९२ लाख ९६ हजार ७८८(६६.२प्रतिशत) र गाउँपालिकाहरूमा बस्ने जनसंख्या ९८ लाख ६७ हजार ७९०(३३.८प्रतिशत) रहेको छ । २०६८ अनुसार नगरपालिकाहरूमा बस्ने जनसंख्या १७.१ प्रतिशत रहेको थियो भने गाउँपालिकामा बस्ने जनसंख्या ८२.९ प्रतिशत रहेको थियो ।
     
     नेपालको लैङ्गिक अनुपात अर्थात् प्रति १०० जना महिलामा पुरुषको संख्या ९५.५९ जना रहेको छ भने नगरपालिकाको ९६.०६ र गाउँपालिकाको ९४.६८ रहेको छ ।
     
    राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार कुल ज जनसंख्या मध्ये अन्य लिङ्गी(लैङ्गिक तथा यौनिक अल्पसंख्यक) को जनसंख्या २,९२८ जना रहेका छन् । उक्त संख्या नगरपालिकामा २,११८ जना (७२.३ प्रतिशत) र गाउँपालिकामा ८१० जना(२७.७ प्रतिशत) रहेका छन् ।
     
    भौगोलिक क्षेत्रअनुसार देशको हिमाल क्षेत्रका नगरपालिकाहरूमा कस्ने जनसंख्या ३५.६ प्रतिशत र गाउँपालिकाहरूमा बस्ने जनसंख्या ६४.४ प्रतिशत रहेको छ । यसैगरी पहाडका नगरपालिकाहरूमा बस्ने जनसंख्या ६३.३ प्रतिशत र गाउँपालिकाहरूमा बस्ने जनसंख्या ३६.७ प्रतिशत रहेको छ । तराईका नगरपालिकाहरूमा बस्ने जनसंख्या ७१.८ प्रतिशत र गाउँपालिकामा बस्ने जनसंख्या २८.२ प्रतिशत रहेको छ ।
     
    1.jpg2.jpg3.jpg4.jpg6.jpg7.jpg


    आइतवार, बैशाख १० २०८००४:०८:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij