Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

एमाले मैले बनाएको पार्टी हो : माधव नेपाल

एमाले मैले बनाएको पार्टी हो : माधव नेपाल

  • शनिवार, बैशाख ९ २०८०

  • 672
    SHARES

  • एमाले मैले बनाएको पार्टी हो : माधव नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देश निर्माणका लागि समाजवादी मोर्चा बनाएर जानुपर्ने बताउनुभएको छ । नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानको केन्द्रीय सभालाई सम्बोधन गर्दै वामपन्थी शक्तिहरु एकजुट हुनुपर्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘जतिबेला हामीले मदन भण्डारीको नेतृत्वमा जनताको बहुदलीय जनवादको विचार अगाडि सारेका थियौं। त्यसबेलामा हामीले कम्युनिष्ट पार्टीहरुबीच सहकार्य गर्नुपर्छ भन्ने मान्यता बोकेका थियौं। त्यो अहिले यथार्य भएछ। हामी मात्रै शुद्ध कम्युनिष्ट पार्टी भनौं माओवादी केन्द्र छ। माओवादी मात्रै भनौं फेरि उता नेकपा एमाले छ। जुन पार्टी मैले नै बनाएको हो। हामीले नै बनाएको हो।’

    उहाँले देश र जनताको पक्षमा काम गर्दै एकताबद्ध बनाएर जानुपर्ने जिम्मेवारी अहिले आफूहरुको काँधमा आएको बताउनुभयो। उहाँले कम्युनिष्ट पार्टीको सरकार कतिपयलाई नपचेकाले अहिले षड्यन्त्र भइरहेको बताउनुभयो। गठबन्धनको सरकारलाई पाँच बर्ष टिकाएर जनताको काम गर्नुपर्ने नेपालको भनाइ छ।

     


    शनिवार, बैशाख ९ २०८००५:४५:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij