Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

नेकपा अध्यक्षद्वय ओली र प्रचण्डविरुद्धको मुद्दा तामेली पठाउने सर्वोच्चको आदेश

नेकपा अध्यक्षद्वय ओली र प्रचण्डविरुद्धको मुद्दा तामेली पठाउने सर्वोच्चको आदेश

  • मंगलवार, आश्विन ६ २०७७

  • 997
    SHARES

  • नेकपा अध्यक्षद्वय ओली र प्रचण्डविरुद्धको मुद्दा तामेली पठाउने सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेकाे अवहेलनाको मुद्दालाई तामेलीमा राख्ने निर्णय गरेको छ।

    मंगलबार न्यायाधिश तेजबहादुर केसीको एकल इजलासले तत्कालीन एमाले र  माओवादी केन्द्रको अध्यक्षका हैसियतमा दायर भएको अवहेलना मुद्दा तामेलीमा पठाउने आदेश दिएको हो।

    २०७४ मंसिर १० हुने प्रतिनिधिसभाको चुनावमा वाम गठबन्धन बनाएर निर्वाचनमा होमिएका दुई दलका अध्यक्षले जसरी पनि चुनाव हुनुपर्ने अभिवक्ति दिएका थिए। 

    तत्कालीन राजपाका नेता सर्वेन्द्रनाथ शुक्लाले प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव छुट्टाछुट्टै हुनुपर्ने भन्दै रिट दायर गरेका थिए। सर्वोच्चले पनि उनको माग बमाेजिमको आदेश जारी गरेको थियो।

    शुक्लाले ओली र दाहालले अदालतको आदेशविरुद्ध अभिव्यक्ति दिएको भन्दै २०७४ कार्तिक १३ गते सर्वोच्चमा अवहेलना मुद्दा दर्ता गरेका थिए।

    उक्त मुद्दामाथि सुनिवाई गर्दै मंगलबार सर्वोच्चले निवेदकले नै तारिख गुजारेको भन्दै मुद्दलालाई तामेलीमा पठाउने  निर्णय गरेको सर्वोच्च प्रशासनले जानकारी दिएको छ।


    मंगलवार, आश्विन ६ २०७७०४:३०:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij