Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

एसीसी प्रिमियर कपः मलेसियामाथि नेपालको जित

एसीसी प्रिमियर कपः मलेसियामाथि नेपालको जित

  • मंगलवार, बैशाख ५ २०८०

  • 440
    SHARES

  • एसीसी प्रिमियर कपः मलेसियामाथि नेपालको जित

    काठमाडौं। एसीसी प्रिमियर कपमा आयोजक नेपालले पाहुना टोली मलेसियामाथि शानदार जित हात पारेको छ। टीयू क्रिकेट मैदानमा आजदेखि सुरु भएको खेलमा नेपालले विजयी सुरुवात गरेको हो।

    सुरुवाती फिल्डिङ गरेको नेपालले मलेसियालाई ६ विकेटले हराउने क्रममा सन्दीप लामिछाने र सोमपाल कामीले सामान ३–३ विकेट लिए। यस्तै, ललित राजवंशीले २ विकेट लिँदा गुल्शान झाले १ विकेट लिए।

    जवाफी ब्याटिङमा आएको नेपालले ८२ खेल बाँकी रहँदै मलेसियामाथि ६ विकेटको शानदार जित हात पारेको हो। यसक्रममा मध्यक्रममा ब्याट्सम्यान कुशल मल्लले विस्फोटक ब्याटिङ गरे। उनले ४० बलमा ५ छक्का र ५ चौकाको मद्दतमा ७० रन बनाए ।

    यस्तै, भीम सार्कीले ९८ बल खेल्दै समान ७० रन बनाए । सुरुवाती ब्याटिङमा आएका आसिफ खानले ३ बल खेल्दै १ रन बनाएर पेभेलियन फर्किएपछि नेपाली टोली दबाबमा परेको थियो । तर, ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ३१ बलमा ३८ रन बनाउँदै नेपाललाई लय दिलाएका थिए ।

    यस्तै, नेपाललाई शानदार जित दिलाउने क्रममा कप्तान रोहित पौडेलले ४२ र दिपेन्द्रसिंह ऐरीले ५ रन बनाए। टीयू र मुलपानी क्रिकेट रङ्गशालामा हुने यो प्रतियोगिता जितेमा नेपालले एसिया कप खेल्न पाउनेछ ।


    मंगलवार, बैशाख ५ २०८००४:१८:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij