Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

कोरोनाबाट आज थप एक जनाको मृत्यु, १०४ संक्रमित थपिए

कोरोनाबाट आज थप एक जनाको मृत्यु, १०४ संक्रमित थपिए

  • सोमवार, बैशाख ४ २०८०

  • 471
    SHARES

  • कोरोनाबाट आज थप एक जनाको मृत्यु, १०४ संक्रमित थपिए

    काठमाडौं । आज नेपालमा थप १०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा देशभरबाट १ हजार ६३२ नमुना परीक्षण गर्दा १०४ जनामा संक्रमण पुष्टि भएको छ।

    मन्त्रालयका अनुसार पीसीआर विधिबाट ५७१ र एन्टीजेनबाट १०६१ नमुना परीक्षण गर्दा पीसीआरबाट ६३ र एन्टिजेनबाट ४१ को रिपोर्ट पोजिटिभ आएको हो। यस्तै कोरोनाका कारण आज फेरी थप एक जनाको मृत्यु भएको छ।

    यो अवधिमा ६० जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ३७९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ।


    सोमवार, बैशाख ४ २०८००५:२५:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij