Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

महेश बस्नेत भन्छन्- रवि भनेको मयूरको प्वाँख टाँसेको कालो कौवा हो, फेरि जिताएर किन प्रचण्डको पुच्छर बनाउने?

महेश बस्नेत भन्छन्- रवि भनेको मयूरको प्वाँख टाँसेको कालो कौवा हो, फेरि जिताएर किन प्रचण्डको पुच्छर बनाउने?

  • सोमवार, बैशाख ४ २०८०

  • 890
    SHARES

  • महेश बस्नेत भन्छन्- रवि भनेको मयूरको प्वाँख टाँसेको कालो कौवा हो, फेरि जिताएर किन प्रचण्डको पुच्छर बनाउने?
    काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले मुलुकका गम्भीर समस्या समाधानका लागि नेपाली कांग्रेससँग सहकार्यका निम्ति तयार रहेको बताउनुभएको छ । 
     
    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बस्नेतले ओरालोमा लागेको अर्थतन्त्रको समाधान र शान्तिप्रक्रिया टुंग्याउने टीआरसी विधेयकमा सहमति खोज्ने विषयमा एमाले बाधक नहुने बताउँदै उहाँले भन्नुभयो, ‘३२ सिटको पार्टी प्रधानमन्त्री बन्ने, ८०/९० सिटको पार्टीले मन्त्रीमा चित्त बुझाउनुपर्ने, २० सिटेले धम्काउने अवस्थामा शेरबहादुर देउवा आफैं बालकोट आएर केपी ओलीको सहयोग चाहियो भनेको अवस्थामा हामी तयार नहुने कुरै भएन । सरकारले बजेट ल्याउन नसक्ने र कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्थामा कांग्रेसको चेत पलायो भने एमालेले सोच्न सक्छ,।’ 
     
    एमाले सत्ता समीकरण भत्काउने र दुईचार थान मन्त्री बनाउने कुरामा दाम्लो चुँडालेर नलाग्ने पनि उहाँले बताउनुभयो । बस्नेतले भन्नुभयो, ‘सत्ताधारी दलहरू अन्तर्राष्ट्रिय मिसनको खेतालाको रुपमा काम गरेको देखिन्छ । त्यसैले तत्काल राष्ट्रिय सहमति बन्ने देखिँदैन । एमाले अहिले मिसन ग्रास रुटमार्फत आगामी चुनावमा बहुमतप्राप्त दल बन्नेतर्फ लाग्छ । एमाले सत्ता समीकरण भत्काउने र दुईचार थान मन्त्री बनाउने कुरामा दाम्लो चुँडालेर लाग्दैन ।’
     
    तीन क्षेत्रमा हुन लागेको उपनिर्वाचन एमालेका निम्ति चुनौती नभएको पनि बस्नेतले औंल्याउनुभयो। उहाँले रवि लामिछाने नक्कली खोल ओढेको व्यक्ति भएको आरोप पनि लगाउनुभयो । बस्नेतले भन्नुभयो, ‘प्रचण्ड कमरेडका दोस्रो अवतार हो, रवि । युवराज सफल भन्ने निरीह व्यक्तिलाई भौतिक आक्रमण गर्ने, वार रुम राखेर दुर्गा प्रसाईंलाई लखेट्ने गरेर उनले अधिनायकवादी चरित्र देखाएका छन् । नौटंकी र चटके शैलीबाट रविले जित्छन् भन्ने लाग्दैन । रविलाई फेरि जिताएर किन प्रचण्डको पुच्छर बनाउने ? रवि भनेको मयूरको प्वाँख टाँसेको कालो कौवा हो । चितवनका जनताले मयूर र सुँगुरबीचको फरक छुट्टाउँछन् ।’
    रवि लामिछानेका सांसदहरू पहिलेको गठबन्धन छँदा आफ्नो घरमा आएर अनेक लाभका कुरा गरेको पनि बस्नेतले दाबी गर्नुभयो। 


    सोमवार, बैशाख ४ २०८०१०:२७:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij