Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

पहिरोमा पुरिएर गुल्मीमा दुईजनाको मृत्यु

पहिरोमा पुरिएर गुल्मीमा दुईजनाको मृत्यु

  • मंगलवार, आश्विन ६ २०७७

  • 894
    SHARES

  • पहिरोमा पुरिएर गुल्मीमा दुईजनाको मृत्यु

    गुल्मी । इस्मा गाउँपालिका–२ हस्तीचौर, रातचौर, स्यालाको पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ। सोमबार राति गएको पहिरोमा पुरिएर बेपत्ता भएका दुई जना मंगलबार बिहान मृतावस्थामा फेला परेका छन्।

    इस्मा गाउँपालिका –२ रातामाटाका ३९ वर्षीय प्रेमबहादुर कुमाल र पाँच वर्षीय सफल कुमालको शव मंगलबार बिहान नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पहिराबाट निकालेको सशस्त्र प्रहरी बल गुल्मीका प्रहरी नायब उपरीक्षक अशोककुमार लम्सालले जानकारी दिए।

    सडकमा हिँड्दै गरेको अवस्थामा सडकमाथिबाट ठूलो पहिरो खस्दा दुवै पहिरामा पुरिएर बेपत्ता बनेका थिए। घटनामा स्थानीयवासी तिलक कुमालसमेत घाइते भएका छन्। सोमबार अपराह्न उक्त क्षेत्रमा ठूलो पानी परेको थियो।


    मंगलवार, आश्विन ६ २०७७०२:१६:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij