Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

आज १०६ जना कोरोना संक्रमित थपिए

आज १०६ जना कोरोना संक्रमित थपिए

  • बिहिवार, चैत्र ३० २०७९

  • 402
    SHARES

  • आज १०६ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । नेपालमा आज देशभर थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४८८ नमुनामध्‍ये ५४१ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना र ९४७ जनाको एन्टीजेन परीक्षण गर्दा ४२ जना गरी १०६ जनामा कोरोना संक्रमण देखिएको हो ।

    यस्तो कोरोनाको सक्रिय संक्रमितको संख्या ४३५ पुगेको छ भने संस्थागत आइशोलेशनमा २७ जना, आइसीयूमा १२ जना र भेन्टिलेटरमा ३ जना उपचाररत छन् ।

    आज मात्रै ७४ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन्। संक्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयले कोरोनावपिरुद्धको बुष्टर डोज खोप लगाउन सबैमा आग्रह गरेको छ ।


    बिहिवार, चैत्र ३० २०७९०३:३३:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij