Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार सार्नुहोस् : बालेन साह

काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार सार्नुहोस् : बालेन साह

  • बिहिवार, चैत्र ३० २०७९

  • 593
    SHARES

  • काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार सार्नुहोस् : बालेन साह

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले केन्द्र सरकारलाई काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अरु पालिकामा सार्न आग्रह गर्नुभएको छ ।

    काठमाडौंको हितमा काम नगरेको आरोप लगाउँदै सिंहदरबार भित्रको फोहोर उठाउन बन्द गरेका मेयर साहले सिंहदरबार सारे पनि, राजधानी सारे पनि काठमाडौंवासीलाई आपत्ति नहुने बताउनु भएको हो ।

    उहाँले सामाजिक सन्जालमा लख्नुभएको छ , ‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस् । हामी काठमाडौंवासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस् ।’

    उहाँले काठमाडौंवासीलाई सम्पदा, संस्कृति, कला, सभ्यता चाहिने तर राजनीति नचाहिने पनि बताउनु भएको छ ।


    बिहिवार, चैत्र ३० २०७९०१:३३:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij