Nov 17 2026 | २०८३, मंसिर २ गते

२०८३, मंसिर २ गते
  • यो साता चर्चामा :
images

स्मार्ट टेलिकममा ठूलै आर्थिक चलखेल भएको एमालेको आशंका

स्मार्ट टेलिकममा ठूलै आर्थिक चलखेल भएको एमालेको आशंका

  • बुधवार, चैत्र २९ २०७९

  • 631
    SHARES

  • स्मार्ट टेलिकममा ठूलै आर्थिक चलखेल भएको एमालेको आशंका

    काठमाडौं । नेकपा (एमाले)ले सरकारले अर्बौंको बक्यौता रकमसमेत नलिई स्मार्ट टेलिकम प्रालिको नवीकरण गर्न लागेको आरोप लगाएको छ ।

    आज प्रतिनिधिसभा बैठकमा नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले नवीकरण गर्दा लाग्ने करीब २३ अर्ब रुपैँयासमेत नलिई सो प्रालिको नवीकरण गर्न १र२ दिनभित्रै मन्त्रिपरिषदले निर्णय गर्न लागेको आशंका व्यक्त गर्नुभयो।

    पुर्व स्वास्थ्यमन्त्रीसमेत रहनुभएका उहाँले सो काममा ठूलै आर्थिक चलखेल भएको हुन सक्ने जिकिर गर्दै त्यसो नगर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो।

    प्रमुख सचेतक गिरीका अनुसार सो प्रालिले सरकारलाई विभिन्न शीर्षकअन्तरर्गत करिब ५ अर्ब दस्तुर तिर्न बाँकी छ । नवीकरण शुल्क २३ अर्ब गरेर उसले २८ अर्ब सरकारलाई बुझाउनु पर्नेहुन्छ । तर त्यो दुवै रकम मिनाहा गरी सो प्रालिलाई नवीकरण गराउन मन्त्रिपरिषद्ले निर्णय गर्ने कुरा सञ्चारमाध्यममा आएकाले आफूले सरकारको ध्यानाकर्षण गराउनुपरेको पनि प्रमुख सचेतक गिरीको भनाइ थियो ।

    प्रमुख सचेतक गिरीले मन्त्री र मन्त्री क्वार्टर धाउने र ठूलै आर्थिक चलखेल गरेर सो प्रालिको नवीकरण गर्ने निर्णय गर्न लागेर सरकारले मुलुकको करिब २८ अर्ब बजेट डुबाउन नपाउने बताउनुभयो।


    बुधवार, चैत्र २९ २०७९०३:१५:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij