Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमण उच्च,अस्पताललाई हाई अलर्ट जारी

कोरोना संक्रमण उच्च,अस्पताललाई हाई अलर्ट जारी

  • बुधवार, चैत्र २९ २०७९

  • 399
    SHARES

  • कोरोना संक्रमण उच्च,अस्पताललाई हाई अलर्ट जारी

    काठमाडौं। सरकारले कोरोना भाइरसको संक्रमणले बढदै गएपछि अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिकरुपमा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या बढदै गएपछि सबै अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको हो।

    भारतमा कोरोना भाइरसको देखिएको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ पछिल्लो समय नेपालमा पनि देखिन थालेको छ। मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले अहिले देखा परेको भेरियन्ट सङ्क्रामक रहेकाले अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिएको जानकारी दिनुभयो।

    हाल वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, निजामती कर्मचारी अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, नेपाल प्रहरी अस्पताल लगायतका अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।

    सरकारले चिकित्सक, आइसियु, भेन्टिलेटर र अक्सिजनलाई तयारी अवस्थामा राखिएको बताएको छ।कोरोना संक्रमणका कारण हिजो एक जनाको निधन भएको छ। हाल काठमाडौँ उपत्यकामा २४ जना आइसोलेसन, १३ जना आइसियुमा र ५ जना भेन्टिलेटरमा उपचाररत छन्।

    महाशाखाले नेपाल प्रवेश हुने सीमा नाकामा कडाइ गरिएको जनाएको छ। सीमा नाकाबाट नेपाल प्रवेश गर्नेहरुको कोरोना परीक्षण सुरु गरिएको छ।


    बुधवार, चैत्र २९ २०७९०२:३८:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij