Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

नेकपा सचिवालय बैठक सुरु, यस्ता छन् छलफलका विषय

नेकपा सचिवालय बैठक सुरु, यस्ता छन् छलफलका विषय

  • मंगलवार, आश्विन ६ २०७७

  • 929
    SHARES

  • नेकपा सचिवालय बैठक सुरु, यस्ता छन् छलफलका विषय

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

    अपरान्ह १२ः४० मा सुरु भएको बैठकमा यसअघि तय भएका मन्त्रिपरिषद् पुनगर्ठनसहितका एजेन्डाबारे छलफल हुने नेताहरुले बताएका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, कार्यकारी अध्यक्ष्य पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, महासचिव बिष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा, रक्षामन्त्री ईश्वर पोखरेल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत लगायत सहभागी छन् ।

    मन्त्रिपरिषद् पुनर्गठनसँगै राजनीतिक नियुक्तिबारे बनाएको सैद्धान्तिक मापदण्डलाई मूर्तरूप दिने, कोभिड–१९ महामारीले सिर्जना गरेको चुनौतीको सामना, सीमा समस्याको समाधान, चुनावी घोषणापत्रको कार्यान्वयन र पार्टी तथा सरकारका तर्फबाट गरिएका सार्वजनिक प्रतिबद्धताहरूको कार्यान्वयनजस्ता विषयमा छलफल गरिने नेकपा सचिवालयले जनाएको छ ।

     


    मंगलवार, आश्विन ६ २०७७०१:०३:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij