Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

प्रचण्ड पुगे धनगढीस्थित लेखराज भट्टको घरमा, भने यो मेरो पनि घर हो...

प्रचण्ड पुगे धनगढीस्थित लेखराज भट्टको घरमा, भने यो मेरो पनि घर हो...

  • आइतवार, चैत्र २६ २०७९

  • 602
    SHARES

  • प्रचण्ड पुगे धनगढीस्थित लेखराज भट्टको घरमा, भने यो मेरो पनि घर हो...

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धनगढीको गेटास्थित पूर्वमन्त्री लेखराज भट्टको निवासमा पुग्नुभएको छ ।

    आइतबार बिहान प्रधानमन्त्री प्रचण्ड भट्टको घरमा पुग्नुभएको हो । केहीबेर भट्ट निवसमा बिताएका प्रधानमन्त्री प्रचण्डले भट्टको घरसँग ४० वर्षदेखिको सम्बन्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो घरसँग मेरो ४० वर्षदेखि सम्बन्ध छ । यहाँमाथि एउटा म बस्ने कोठा छ, जहाँ मैले खाने बस्ने गर्थेँ । त्यसैले यो घर मेरो पनि हो भन्ने लागेर यहाँ आएको हो ।’

    उहाँले भट्टसँग राजनीतिक विषयमा पनि छलफल भएको बताउनुभयो । ‘लेखराजजी राजनीतिक व्यक्तित्व भएकोले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने नै भै हाल्यो’ प्रधानमन्त्रीले भन्नुभयो ।

    नेकपा माओवादीमा हुँदा प्रचण्ड र भट्टले एउटै पार्टीमा रहेर राजनीति गर्नुभएको थियो। तत्कालीन जनयुद्धमा भट्ट प्रचण्डसँग अत्यन्तै निकट नेताका रुपमा चिनिनुहुन्थ्यो । नेकपा विभाजनपछि एमाले प्रवेश गरेका भट्टसँग प्रचण्ड निक्कै चिढिनुभएको थियो।

    भट्ट एमाले प्रवेश गरेपछि पहिलोपटक दुई नेताबीच औपचारिक भेटघाट भएको हो । प्रचण्ड भट्टकै निवासमा पुगेर भेटेको विषयलाई अर्थपूर्ण रुपमा लिइएको छ ।


    आइतवार, चैत्र २६ २०७९१२:३७:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij