Nov 19 2026 | २०८३, मंसिर ४ गते

२०८३, मंसिर ४ गते
  • यो साता चर्चामा :
images

सांसद बलायर सदनमा नियम बिर्सेपछि सभामुखले रोके...

सांसद बलायर सदनमा नियम बिर्सेपछि सभामुखले रोके...

  • शुक्रवार, चैत्र २४ २०७९

  • 535
    SHARES

  • सांसद बलायर सदनमा नियम बिर्सेपछि सभामुखले रोके...

    काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरलाई संसदको आकस्मिक समयमा बोल्नुपर्ने विषय नराखेपछि बोल्न रोक्नुभएको छ ।

    सांसद बलायरले सुदूरपश्चिम प्रदेशको राजधानी तय नभएको बारेमा भनाई राख्दै गर्दा सभामुखले रोक्नुभएको हो । सभाुमख घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को नियम १५ को उपनियम १ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सांसद बलायरले बोलेको विषय हिजोको बैठक र आजको बैठक बीचको घटना वा विषय नभएकोले आफ्नो भनाई रोक्नका लागि आग्रह गर्नुभयो ।

    ‘वास्तवमै नेपालको संविधान २०७२ ले देशको लोकतान्त्रिक गणतन्त्र र समावेशिता जुन तय गरिएको छ त्यसको उपजले आज हामी यहाँ उपस्थित भएका छौँ । देशका ७ वटा प्रदेशमध्ये ६ वटाको प्रदेश राजधानी तय भइसकेको, सुदूरपश्चिमको राजधानी त्यहाँको संसदले २०७५ सालमै २ तिहाईबाट तय गर्दा पनि अहिलेसम्म केन्द्रीय सरकारले भोगाधिकार दिन नसकेको जटिल परिस्थिति सिर्जना भएको छ...।’

    सांसद बलायरले यति भनेपछि सभामुख घिमिरेले उनलाई प्रतिनिधि सभा नियमावलीको व्यवस्था सम्झाउँदै थप बोल्न रोक्नुभएको हो। ३ मिनेट बोल्नका लागि समय दिइने संसदको आकस्मिक समयमा तत्कालको जल्दोबल्दो राष्ट्रिय समस्याका बारेमा धारणा राख्नुपर्ने व्यवस्था छ ।


    शुक्रवार, चैत्र २४ २०७९०१:५५:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij