Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

रानी मुखर्जी भन्छिन्, शाहरुखसँगै ८० वर्ष रोमान्स गर्न पाऊँ...

रानी मुखर्जी भन्छिन्, शाहरुखसँगै ८० वर्ष रोमान्स गर्न पाऊँ...

  • बिहिवार, चैत्र २३ २०७९

  • 604
    SHARES

  • रानी मुखर्जी भन्छिन्, शाहरुखसँगै ८० वर्ष रोमान्स गर्न पाऊँ...

    काठमाडौं । बलिउड अभिनेत्री रानी मुखर्जी हालका दिनमा आफ्नो रिलिज फिल्म ‘मिसेज चटर्जी भर्सेज नर्वे’को सफलताको उत्सव मनाइरहेकी छन् ।

    आशिमा छिब्बरको निर्देशन रहेको फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको छ । फिल्ममा रानीको अभिनयको जोकोहीले तारिफ गरेका छन् ।

    ‘राजाकी आएगी बारात’बाट बलिउडमा पाइला चालेकी उनले शाहरुख खानका साथ फिल्म ‘कुछ कुछ होता हे’मा अभिनय गरेपछि सफलता पाइन् । उनले हालै मात्र शाहरुखसँगको रोमान्सलाई आफूले जारी राख्ने बताएकी छन् ।

    उनले आफूले शाहरुखसँग अझै फिल्ममा काम गर्न चाहेको र ८० वर्षको उमेरसम्म शाहरुखसँगै रोमान्स गर्ने चाहना रहेको खुलासा गरेकी छन् । शाहरुख र रानीले ‘कुछ कुछ होता हे’, ‘चलते चलते’ र ‘कभी अलविदा ना कहना’ जस्ता फिल्ममा स्क्रिन शेयर गरेका छन् ।


    बिहिवार, चैत्र २३ २०७९०२:०३:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij