Nov 19 2026 | २०८३, मंसिर ४ गते

२०८३, मंसिर ४ गते
  • यो साता चर्चामा :
images

रास्वपाका सभापति लामिछानेविरुद्ध राहदानी मुद्दाको पेसी आज

रास्वपाका सभापति लामिछानेविरुद्ध राहदानी मुद्दाको पेसी आज

  • बुधवार, चैत्र २२ २०७९

  • 201
    SHARES

  • रास्वपाका सभापति लामिछानेविरुद्ध राहदानी मुद्दाको पेसी आज

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई राहदानी दुरुपयोग कसुरमा कारबाही गर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता मुद्दाको पेसी आजका लागि तोकिएको छ।

    उक्त मुद्दा सुनुवाइ गर्न न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा हिजैका लागि पेसी तोकिए पनि उहाँको इजलासले हेर्न नमिल्ने भन्दै सुनुवाइ नगरेपछि आजलाई पेसी सरेको हो।

    सुनुवाइ सुरु गर्न लाग्दा सिन्हाले यसअघि संवैधानिक इजलासमा रहेर आफूले रविको मुद्दा हेरेकाले अन्य न्यायाधीशकहाँ पेसी तोक्न आदेश दिनुभएको छ ।

    यो मुद्दामा अब आज पुनः गोलाप्रथाद्वारा नयाँ इजलास तोकिएपछि सुनुवाइ अघि बढ्ने/नबढ्ने निश्चित हुनेछ।

     


    बुधवार, चैत्र २२ २०७९०७:२१:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij