Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

डा. केसीलाई काठमाडौं ल्याइँदैै

डा. केसीलाई काठमाडौं ल्याइँदैै

  • सोमवार, आश्विन ५ २०७७

  • 714
    SHARES

  • डा. केसीलाई काठमाडौं ल्याइँदैै

    काठमाडौं । स्वास्थ्य अवस्था बिग्रदै गएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसियु कक्षमा अनशनरत सत्याग्रही डा.गोविन्द केसीलाई काठमाडौं ल्याइने भएको छ । दुई दिनदेखि अस्पतालमा भए पनि कुनै उपचार लिन नमान्नुभएका केसीलाई आज समिट एयरमार्फट नेपालगञ्ज पुु¥याइएको छ ।

    डा. केसी नेपालगञ्जकै भेरी अस्पतालमा रहने उहाँका सहयोगीले बताएका छन् । केसीले काठमाडौं आइपुगेर पनि सत्याग्रह जारी राख्ने बताउनुुभएको छ ।

    चिकित्सा शिक्षामा सुधार र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसलगायतका कार्यक्रमहरु तत्काल संचालन गरिनुपर्ने माग राखी चन्दननाथ– ६ रानीचौरस्थित बाविरा मन्दिरमा अनसनरत डा. केसीलाई शनिबार राति प्रहरीले जर्बजस्ती अस्पताल पु¥याएको थियो ।


    सोमवार, आश्विन ५ २०७७०६:५०:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij