Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

महाधिवेशनबारे छलफल गर्न कांग्रेसको केन्द्रीय समितिको बैठक असोज १९ गते बस्ने

महाधिवेशनबारे छलफल गर्न कांग्रेसको केन्द्रीय समितिको बैठक असोज १९ गते बस्ने

  • सोमवार, आश्विन ५ २०७७

  • 1.2K
    SHARES

  • महाधिवेशनबारे छलफल गर्न कांग्रेसको केन्द्रीय समितिको बैठक असोज १९ गते बस्ने

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक असोज १९ गते बस्ने भएको छ। पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बैठक बस्ने तय भएको छ।

    बैठकमा पार्टीको आगामी १४ औं महाधिवेशनको तयारीबारे छलफल हुनेछ। पार्टीका केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्यहरूको बैठकमा सहभागिता हुने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

    बैठकमा सहभागी हुने नेताहरूसँगै पार्टी कार्यालयका कर्मचारीहरूले अनिवार्य रूपमा पीसीआर परीक्षण गर्नु पर्नेछ। परीक्षणको व्यवस्था पार्टी केन्द्रीय कार्यालयले गर्ने भएको छ ।

    जसका लागि नेताहरूसँगै कार्यालयका कर्मचारी असोज १५ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा उपस्थित हुनुपर्ने मुख्य सचिव पौडेलले जानकारी दिए ।

    कांग्रेसको महाधिवेशन आउँदो फागुनमा गर्ने भनिएको छ। तर कोभिड-१९ का कारण र क्रियाशील सदस्यता विवाद तथा  शीर्ष नेतृत्वमा देखिएको बेमेलका कारण महाधिवेशन तोकिएको समयमै हुने/नहुनेमा अझै अन्योलको अवस्था छ।


    सोमवार, आश्विन ५ २०७७०६:४६:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij