Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

मन्त्रिपरिषद् बैठक बस्यो, के छन् एजेण्डा ?

मन्त्रिपरिषद् बैठक बस्यो, के छन् एजेण्डा ?

  • सोमवार, चैत्र २० २०७९

  • 471
    SHARES

  • मन्त्रिपरिषद् बैठक बस्यो, के छन् एजेण्डा ?

    काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सोमबार अपराह्न ४ बजेदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा मिटरब्याजी पीडितको मागबारे छलफल र निर्णय हुने बताइएको छ। यसैगरी सरकारका दैनिक प्रशासनिक विषयमा पनि आवश्यक निर्णय हुने छ ।

    प्रधानमन्त्री प्रचण्डले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेपछि पहिलो पटक मन्त्रिपरिषद बैठक बसेको हो। प्रचण्डले शुक्रबार कांग्रेसबाट ४, एकीकृत समाजवाबाट २, माओवादी, लोसपा, जसपा, नागरिक उन्मुक्ति र नेसपाबाट १( १ जना मन्त्री थपेका थिए ।

    कांग्रेसबाट उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल र सहरी विकासमन्त्री सीता गुरुङ बनेका छन् । यस्तै एकीकृत समाजवादीबाट वेदुराम भुसाल कृषि र प्रकाश ज्वाला भौतिक मन्त्री बनेका छन् । जसपाबाट अशोक राई, शिक्षा, लोसपाबाट शरदसिंह भण्डारी श्रम, नेसपाबाट महिन्द्रराय यादव महिला तथा बालबालिका र नाउपाबाट रञ्जिता श्रेष्ठ भूमिसुधार मन्त्री भएका छन् ।

    माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधान तथा गृह, शक्ति बस्नेत उर्जा, रेखा शर्मा सञ्चार, सुदन किराती पर्यटन, अमनलाल मोदी, संघीय मामिलामन्त्रीको जिम्मेवारीमा छन् । माओवादीकै सुशीला श्रीपाली पर्यटन राज्यमन्त्री छिन् ।

    कानुन, न्याय तथा संसदीय मामिला, खानेपानी, परराष्ट्र, वन तथा वातावरण, युवा तथा खेलकुद र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री प्रचण्डले सम्हाल्दै आएका छन् ।


    सोमवार, चैत्र २० २०७९०४:४९:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij