काठमाडौं । ‘फुल्यो बामरी’को सफलतापछि बामरी –२ ‘गाईलाई खरी घाँस’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा आवाज ‘चर्चित’ गायिका प्रिति आले र लोकदोहोरी गायक कुमार पुनको रहेको छ ।
गीतमा शब्द सुवास केसीले कोरेका छन् भने संगीत शिव हमालको रहेको छ ।
गीतको म्युजिक भिडियोलाई शंकर बिसीले निर्देशन गरेका छन् । भिडियोमा सुवास र रन्जिता गुरुङको अभिनय देख्न सकिन्छ । भिडियोको छायांकन दुर्गा पौडेल तथा सम्पादन नवीन घर्ती मगर ले गरेका छन् ।
त्यस्तै, एरेन्ज भने विश्वास नेपालको रहेको छ । भिडियोलाई प्रिति र सुवासको युट्युब च्यानलमार्फत बजारमा ल्याइएको छ ।