Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ बिक्री खुला

मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ बिक्री खुला

  • आइतवार, चैत्र १९ २०७९

  • 515
    SHARES

  • मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ बिक्री खुला

    काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ ।

    कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो।

    कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १४ करोड ४९ लाख ४९ हजार ४० हजार रुपैयाँ बराबरको १४ लाख ४९ हजार ४०० कित्ता साधारण सेयर निष्कासन लागेको हो । जसमध्ये ८० हजार ७० कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि र ३२ हजार २८ कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरेको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १३ लाख ३७ हजार ३०२ कित्ता सेयरका लागि आवेदन दिन सक्ने कम्पनीले प्रकाशित गरेको आहृवान पत्रमा उल्लेख छ ।

    कम्पनीले आईपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

    कम्पनीले आईपीओ निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त गरेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सि(आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

    उक्त आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । निष्कासन बन्द छिटोमा २२ चैत र उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा ३ वैशाख २०८० सम्म आवेदन दिन सकिनेछ ।


    आइतवार, चैत्र १९ २०७९१२:१३:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij