Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

सुरक्षाकर्मीका परिवारद्वारा प्रधानमन्त्रीलाई धन्यवाद

सुरक्षाकर्मीका परिवारद्वारा प्रधानमन्त्रीलाई धन्यवाद

  • आइतवार, चैत्र १९ २०७९

  • 584
    SHARES

  • सुरक्षाकर्मीका परिवारद्वारा प्रधानमन्त्रीलाई धन्यवाद

    काठमाडौं । सशस्त्र द्वन्द्वको क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाई भेटेर धन्यवाद दिएका छन् ।

    उनीहरूले आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेटी सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाउने विद्रोह पक्ष र राज्यपक्षका सबैलाई समान व्यवहार गरी सहिद घोषणा गरेकोमा प्रधानमन्त्रीलाई धन्यवाद दिएका हुन् ।

    भेटमा उनीहरूले सत्य निरूपण तथा मेलमिलाप विधेयकमा समेत दुवै पक्षप्रति समान व्यवहारको प्रवर्द्धन गर्न, क्षतिपूर्ति र परिपूरणमा ध्यान दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

    भेटमा प्रधानमन्त्रीले देशको राजनीतिक, सामाजिक रूपान्तरणको आन्दोलनका क्रममा ज्यान गुमाउने सबैप्रति आफ्नो समान सद्भाव भएको बताउँदै शान्ति सम्झौताको मर्मअनुसार पीडितका मुद्दा सम्बोधन गर्ने बताउनुभएको छ।

     


    आइतवार, चैत्र १९ २०७९११:५५:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij