Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

मल नल्याउने ठेकेदारले हाले सरकारविरुद्ध तेस्रो मुद्दा

मल नल्याउने ठेकेदारले हाले सरकारविरुद्ध तेस्रो मुद्दा

  • सोमवार, आश्विन ५ २०७७

  • 897
    SHARES

  • मल नल्याउने ठेकेदारले हाले सरकारविरुद्ध तेस्रो मुद्दा

    काठमाडौं । तोकिएको समयमा मल नल्याउने दुई ठेकेदार कम्पनीले सरकारविरुद्ध तेस्रो मुद्दा दायर गरेका छन् ।

    उच्च अदालतमा ठेक्का सम्झौता रद्द र धरौटी जफत नगर्न भन्दै दायर गरिएको पहिलो दुई उत्प्रेषण निवेदनमा छलफल चलिरहेकै बेला कालोसूची सिफारिसविरुद्ध ठेकेदार कम्पनीले पुनः अर्को मुद्दा दायर गरेको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।

    मल नल्याउने ठेकेदारसँगको ठेक्का सम्झौंता तोड्दै भदौ २१ गते कम्पनीले धरौटी जफत गर्ने निर्णय गरेको थियो । सरकारी कम्पनीको निर्णयविरुद्ध उच्च अदालत पाटनमा दुई ठेकेदार कम्पनीले उक्त निर्णय बदर गर्न माग गर्दै २८ भदौमा उत्प्रेषण रिट दायर गरेका थिए ।

    मुद्दा दायरको भोलिपल्ट कृषि सामग्री कम्पनी लिमिटेडले शैलुङ र होनीको कम्पनीलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमनको कार्यालयलाई सिफारिस गरेको थियो ।

    तर, उच्च अदालत पाटनका न्यायधीश हरिप्रसाद भण्डारीको एकल इजालाशले २१ भदौको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिमकालीन आदेश जारी गर्दै छलफलका लागि विपक्षीलाई झिकाएको थियो । उक्त आदेश कृषि कम्पनी नपुग्दै दुवै कम्पनीविरुद्ध कृषि कम्पनीले कालोसूची सिफारिसको निर्णय गरेको थियो ।

     


    सोमवार, आश्विन ५ २०७७०४:२८:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij