Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

फेरी ह्वात्तै उर्लियो कोरोना संक्रमण, कति थपिए आज ?

फेरी ह्वात्तै उर्लियो कोरोना संक्रमण, कति थपिए आज ?

  • शुक्रवार, चैत्र १७ २०७९

  • 834
    SHARES

  • फेरी ह्वात्तै उर्लियो कोरोना संक्रमण, कति थपिए आज ?

    काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा १४२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ७९ जनाको नमुना परीक्षण गर्दा १४२ जनामा संक्रमण देखिएको हो।

    आरटी पीसीआर विधिबाट ३८१ र एन्टिजेन विधिबाट ६९८ जनाको परीक्षण गरिएकामा १४२ जना संक्रमित भेटिएका हुन्। तीमध्ये आरटी पीसीआर विधिबाट ४४ र एन्टिजेन विधिबाट ९८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

    आरटी पीसीआर विधिबाट मात्र गरिएको परीक्षणका आधारमा देशमा हाल सक्रिय संक्रमितको संख्या १६३ रहेको मन्त्रालयले बताएको छ। तीमध्ये आरटी पीसीआर विधिबाट ४४ र एन्टिजेन विधिबाट ९८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।


    शुक्रवार, चैत्र १७ २०७९०५:४४:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij