Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

यस्तो छ हालसम्म टुंगिएका मन्त्री र मन्त्रालयको विवरण

यस्तो छ हालसम्म टुंगिएका मन्त्री र मन्त्रालयको विवरण

  • शुक्रवार, चैत्र १७ २०७९

  • 757
    SHARES

  • यस्तो छ हालसम्म टुंगिएका मन्त्री र मन्त्रालयको विवरण
    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार(आज) शपथ लिने मन्त्रीहरूको अधिकांश सूची टुंग्याउनुभएको छ । केही मन्त्रालय र व्यक्तिबारे अझै छलफल रहेकाले अन्तिम रूप दिएर मन्त्रिपरिषद् विस्तार गर्ने प्रचण्डको तयारी छ ।  प्रचण्डको सचिवालय स्रोतका अनुसार कांग्रेसबाट चार जनाको नाम फाइनल भएको छ । जसमा पूर्णबहादुर खड्का  उपप्रधान तथा रक्षा मन्त्री  बन्नुहुने भएको छ भने प्रकाशशरण महत अर्थमन्त्री बन्नुहुने भएको छ। 
     
    यस्तै रमेश रिजाल  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बन्दा सिता गुरुङ शहरी विकास मन्त्री बन्नुहुने भएको छ ।  यस्तै नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ  उपप्रधान तथा गृहमन्त्री बन्नुहुने भएको छ । यस्तै शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बन्दा रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्री कायम हुनुहुने छ । 
     
    यस्तै सुदन किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा कायम हुनुहुने छ । 
     
    यस्तै नेकपा एकीकृत समाजवादीबाट बेदुराम भुसाल  कृषि तथा पशुपंक्षी विकास र प्रकाश ज्वाला  भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्नुहुने छ।  यस्तै जसपाबाट अशोक राई  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्दा लोसपाबाट शरद्सिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्नुहुने छ । 
     
    यस्तै नाउपाबाट रञ्जिता श्रेष्ठ  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बन्दा नेसपाबाट महिन्द्र राय यादव महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्नुहुने छ ।  यस्तै अब्दुल खान  खानेपानी तथा सरसफाइ मन्त्रीमा कायम हुनुहुने छ। उहाँ जनमतबाट यसअघि नै मन्त्री बन्नुभएको हो ।


    शुक्रवार, चैत्र १७ २०७९०२:०९:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij